
पोखरा- कास्की प्रहरीले ध्वनि प्रदुषण गराउने प्लाष्टिकका बाजा बरामद गरेको छ। मेला महोत्सवमा चर्को आवाज निकाल्दै बजाउँदै हिँड्ने बाजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय, कास्की र वडा कार्यालय, बैदामबाट खटिएको प्रहरीले १ हजार ९१५ थान बाजा बरामद गरेको डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
१९ औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८१ लाई लक्षित गर्दै प्रहरीले अनुमगन गरेको थियो।
तेर्सापट्टिबाट ७१५ थान र लेकसाइडबाट १ हजार २०० थान बाजा बरामद गरिएको डिएसपी शर्माले बताए।