गण्डकीमा भाण्डबण्डा पुर्‍याउन मन्त्रालय फुटाएर ९ वटा बनाइने

गण्डकीमा भाण्डबण्डा पुर्‍याउन मन्त्रालय फुटाएर ९ वटा बनाइने
+
-

पोखरा- गण्डकी प्रदेशमा मन्त्रालय टुक्राएर बढाइने भएको छ। २ वटा मन्त्रालय बढाउन लागिएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय बढाउने निर्णय गरेको प्रवक्ता तथा विनाविभागीय मन्त्री हरिबहादुर चुमानले बताए।

‘९ वटा मन्त्रालय बनाउने निर्णय भएको छ,’ उनले भने। यसभन्दा पहिला ७ मन्त्रालय रहेको थियो।

सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्य मन्त्रालय टुक्राइनेछ। मुख्यमन्त्रीको मातहातमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई पनि टुक्राइएको हो।

मुख्यमन्त्री खगराज अधिकारीको पहिलो कार्यकालमा १२ मन्त्रालयबाट ७ मा घटाएका थिए। २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले मन्त्रालयको संख्या घटाएर प्रशंसासमेत बटुलेका थिए।

यसपालि उनैले भागबण्डा पुर्‍याउने घटाएको मन्त्रालयको संख्या बढाएका हुन्।

यस्तै, गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारी नियुक्त भएका छन्। उनले केही दिन अगाडि नेकपा एमाले लमजुङको अध्यक्षमा पराजय व्यहोरेका थिए।

अधिकारी एमालेमा पनि मुख्यमन्त्री अधिकारी गुटको भनेर चिनिन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?