पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
+
-

लाहोर – पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ।

पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ।

‘मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु। र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न,’ प्रधानमन्त्री शहबाज शरिफले सोमबार भने।

हावाहुरीका बेला चट्याङ पर्ने जोखिम खुला, ग्रामीण क्षेत्रमा बस्ने मानिस बढी हुने गरेका छन्। बलुचिस्तान प्रान्तमा चट्याङ लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ। प्रान्तका २५ जिल्ला वर्षाका कारण प्रभावित भएका छन् भने केही क्षेत्र डुबानमा परेका छन्।

रमजानको पवित्र महिना इद उल फित्रको बिदापछि विद्यार्थीहरू फर्कन ढिलाइ गर्दै सोमबार र मङ्गलबार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको थियो।

दक्षिणी सिन्ध प्रान्तमा बाढीका कारण सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा भारी वर्षाका कारण घर भत्किँदा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ।

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै चट्याङका घटनामा वृद्धि हुनुमा जलवायु परिवर्तनसम्बन्धी घटनालाई जिम्मेवार मान्न सकिने बताएका छन्।

पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ। पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी बर्षा हुने गर्छ। रासस/एएफपी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?