कञ्चनपुरमा आन्दोलन स्थगित गर्न सर्वपक्षीय बैठकको अपील

कञ्चनपुरमा आन्दोलन स्थगित गर्न सर्वपक्षीय बैठकको अपील
+
-

धनगढी – १३ वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा प्रहरीको गोली लागेर मृत्यु भएका कञ्चनपुरको भिमदत्त नगरपालिका, १८ का सन्नी खुनालाई सहिद घोषणाको माग गरिएको छ ।

मृतक बालकको परिवारले सहिद घोषणा र क्षतिपूर्ति पाउनुपर्ने माग गरिरहेका बेला जिल्लामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले पनि मृतक बालक खुनालाई सहिद घोषणाका लागि राज्यसँग आग्रह गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकले खुनालाई सहिद घोषणा गराउन पहल गर्नुका साथै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

उनले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेर घटनाको सम्पूर्ण पृष्ठभूमिको अनुसन्धान र छानबिनका लागि सहयोग पुगाउन सम्बन्धित सबैमा अपील गर्ने निर्णय गरिएको पनि बताए ।

आन्दोलनका क्रममा भएका तोडफोड र प्रहरीले चलाएको गोलीका विषयमा समेत छानबिन गर्नका लागि गृह मन्त्रालयलाई आग्रह गरिने उनले बताए ।

बैठकमा अवस्था सामान्य बन्दै गएमा कर्फ्यु हटाउन सकिने विषयमा पनि छलफल भएको छ । अहिले कञ्चनपुरमा कर्फ्यु जारी छ ।
बैठकमा राजनीतिक दल, नागरिक समाज, महिला अधिकारकर्मी लगायतको सहभागिता थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?