
काठमाडौं–१६ औं राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बुधबार भएका दुई खेलमा २६ गोल भएको छ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले मध्य पश्चिमान्चल क्षेत्रलाई १२–० तथा शसस्त्र प्रहरी बल (एपिएफ) क्लबले पश्चिमान्चललाई १४–० गोलले हराए।
आर्मीको जितमा शर्मिला थापा मगरले चार र सपना लामाले पाँच गोल गरिन्।
दिपा राईले दुई तथा कप्तान कृष्णा खत्रीले एक गोल गरे। अर्को खेलमा एपिएफकी सावित्रा भन्डारी एक्लैले आठ गोल गरिन्।
अघिल्लो खेलमा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन् । विजेता दुवै टोली सुपर लिग चरण पुगेका छन्।
यो पनि हेर्नुहोस्: