
अ
+
अ
अ
-
धनगढी- प्रदेश ७ सरकारले जनै पूर्णिमाको दिन आइतवार सार्वजनिक बिदा दिएको छ ।
रक्षाबन्धन तथा जनै पूर्णिमा यस प्रदेशको महत्वपूर्ण चाड भएको जनाउँदै मन्त्री परिषद बैठकले बिदा दिने निर्णय गरेको हो ।
प्रदेश स्थित सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।