
काठमाडौं- रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरूले चाैंथाे दिन पनि धर्ना तथा अनसन सुरु गरेका छन्।
उनीहरूले साेमबार बालुवाटारस्थित रसियन राजदूतावास अगाडि धर्ना दिने कार्यक्रम रहेकाे थियाे । तर राजदूतावास अगाडि धर्ना गर्न नदिएपछि बालुवाटारस्थित डब्ल्युडब्ल्युएफ जाने बाटोको मोडमा बसेर सामूहिक धर्ना दिए।
पीडितका परिवार र आफन्तहरूले गत शुक्रबार दिउँसोबाट माइतीघरमा धर्ना तथा अनसन सुरु गरेका थिए।
उनीहरूले रुसी सेनामा गएका सबै नेपालीको अवस्था सार्वजनिक, रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता, रुसी सेनामा भर्ती भएकाहरु र युक्रेनको कब्जामा रहेकाहरुको सकुशल उद्धारको माग राखेका छन्।
त्यस्तै, उनीहरुले युद्धमा घाइते नेपालीको उचित उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शव नेपाल ल्याउने व्यवस्था, रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरणको माग उनीहरूले गरेका छन्।
तस्बिरहरू: