‘आऊ जिबी, नआए जिम्मा लिऊ रवि !’

‘आऊ जिबी, नआए जिम्मा लिऊ रवि !’
+
-

पोखरा – पोखराका सहकारी पीडित बचतकर्ताले दबाबमूलक प्रदर्शन गरेका छन्। सोमबार ६ सहकारीका पीडित बचतकर्ताले एकसाथ रकम फिर्ताको माग राख्दै प्रदर्शनमा उत्रिएका हुन्।

न्यायको माग गर्दै सूर्यदर्शन, शिवशिखर, इमेज, मित्रमिलन, बलिदानी, र विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले संयुक्त रुपमा दबाब र्‍याली निकालेका हुन्।

पोखराका ६ वटा सहकारीका बचतकर्ताको झन्डै ३ अर्ब रुपैयाँ सञ्चालकले झ्वाम पारेका छन्। बचतकर्ताको रकम हिनामिना गरेर विचल्ली पार्ने सञ्चालकलाई राजनीतिक संरक्षण दिइएको भन्दै पीडित एक भएका छन्।

सोमबार दिउँसो ग्रैहापाटनबाट सुरु भएको दबाब र्‍याली चिप्लेढुंगा, न्युरोड, सभागृह, हुँदै सहिदचोकसम्म पुगेको थियो। बचतकर्ताले जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा रकम अपलचन गर्नेलाई कारबाहीको माग राख्दै ज्ञापनपत्रसमेत बुझाएका छन्। बचत रकम तत्कालै फिर्ता पाउनुपर्ने उनीहरुको माग छ।

सहकारीको रकम अपचलन गर्नेहरुको फोटोसहित ¥यालीमा सहभागी बचतकर्ताले ‘आउ जिबी ! जिबी नआए सबै कुराको जिम्मा लिउ रवि !’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’ लगायतका नारा चर्काए।

सरकारले पीडितको पक्षमा कुनै काम नगरेको सहकारी बचत पीडित संघर्ष समिति कास्कीका अध्यक्ष किरण श्रेष्ठको आरोप छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने, पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतलाई भेटेर समस्या समाधानको लागि अनुरोध गरेपनि बचतकर्ताको पक्षमा काम नभएको उनले सुनाए।

गृहमन्त्री लामिाछानेले पीडितको पक्षमा काम गर्ने बताएपनि रकम अपचलनमा उनको नाम जोडिएकाले आशंका उब्जाएको श्रेष्ठको भनाइ थियो। ‘जीबी राई समूहको सहकारीको समस्या समाधान गर्न अरु कोेही नलागेपनि रवि लामिछाने लाग्नुपर्छ’, उनले भने। जसरी हुन्छ बचत फिर्ता पाउनुपर्ने सहकारी पीडित शिवप्रसाद सुवेदीको माग छ। ‘हाम्रो पैसा कसरी फिर्ता पाइन्छ सरकारले नीति बनाएर लाग्न आवश्यक छ’, उनको भनाइ थियो।

सहकारी पीडितको ज्ञापनपत्र बुझेपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आन्दोलनमा ऐक्यबद्धता जनाए। ‘समस्या नभएका सहकारीहरु आत्तिनुपर्दैन। समस्या भएका सहकारीहरु समस्याग्रस्त घोषण गरीकन जो साथीहरु अफ्ठ्यारोमा हुनुहुन्छ उहाँहरुलाई राहत दिनुपर्छ’, मेयर आचार्यले भने। महानगरपालिकाले पूरा गर्न सक्ने माग यथाशिघ्र सम्बोधन हुने उनले प्रतिबद्धता जनाए।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?