प्रदीप पौडेलको विवादमा मतपत्र र मुचुल्का पेश गर्न सर्वोच्चको आदेश

+
-

काठमाडौं– सर्वोच्च अदालतले तनहुँ क्षेत्र नम्बर दुई प्रदेश सभा कको निर्वाचनमा मतपत्र र मुचुल्का पेश गर्न आदेश दिएको छ।

प्रधान न्यायाधीश गोपाल पराजुलीसहितको पाँच सदस्यीय संवैधानिक इजलासले अर्को सुनुवाइमा मतगणनाको टिपोट र मुचुल्कासहित उपस्थित हुन निर्वाचन आयोगलाई आदेश दिएको हो। इजलासमा अन्य न्यायाधीशहरु दिपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा र दीपकुमार कार्की छन्।

पराजित प्रदीप पौडेलले मतगणनामा धाँधली गरी आफूलाई हराइएको भन्दै निर्वाचन नतिजा बदर गर्न र आफूलाई विजयी घोषित गर्न अनुरोध गर्दै सर्वोच्चमा याचिका दायर गरेका थिए।

तर निवेदकको आग्रहअनुसार इजलासले बुधबारै अन्तरिम आदेश जारी नगरे पनि मतपत्र र मुचुल्काको अध्ययनपछि मात्र यसबारे निर्णय अपेक्षित छ।

उक्त क्षेत्रमा पौडेल पाँच मतले पराजित घोषित भएका थिए तर उनले २३ सय २८ मत खसेको बुथमा आफू ३७ मतले अगाडि रहे पनि प्रतिद्वन्द्वी आशा कोइरालालाई जालझेलपूर्ण तरिकाले विजय घोषित गरिएको पौडेलको आरोप छ।

यो पनि हेर्नुहोस्: 

५ मतले हारेका प्रदीप पौडेलद्वारा धाँधलीको आरोप

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?