
काठमाडौँ – जनैका शिखामा विश्वासका अनेक डोरी जोडिएका हुन्छन् । तागधारी हिन्दुहरुले आइतबार विधिवत रुपमा नयाँ जनै फेरेका छन् । सबै विधि पूरा गरेर जनै फेर्ने र त्यसको सबै कर्म पूरा गर्नेहरुको संख्या कम हुँदै गएको छ ।
तर काठमाडौँको पशुपतिनाथ मन्दिरमा रहेका बटुकहरु तथा पूजारी र योगीले भने सबै विधि पूरा गरेर जनै फेरेका छन् । विशेष गरी किशोर बटुकले बिहानै स्नान गरेर जनै फेरेका छन् ।
देश सञ्चारका सुलभ श्रेष्ठले यहि जनै संस्कृतिलाई समेटेका छन् आफ्ना तस्बिरमा ।