सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने

सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने
+
-
बरहथवा (सर्लाही) – राष्ट्रिय अभियानअन्तर्गत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आमऔषधि खुवाउने कार्यक्रम सुरु भएको छ। जिल्लामा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको आम औषधि खुवाउने अभियान सुरु गरेका हुन्। विभिन्न पालिकाले औपचारिक कार्यक्रमनै आयोजना गरेर औषधि खुवाउन सुरु गरेको जनाएका छन्।
स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक शिक्षिका लगायतले औषधि सेवन गरेर अभियानको सुरुवात गरिएको छ। बागमती नगरपालिकामा पनि औषधि खुवाउने कार्यक्रम सुरु गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले जानकारी दिए। नगरकी कार्यबाहक प्रमुख लीलाकुमारी मोक्तानले सम्पूर्ण नगरवासीमा निर्धक्क भएर औषधि सेवन गर्न आह्वान गर्दै अभियान सुरुवात गरेका थिए। सुरुमा उनी आफैँले औषधि खाएर सुरु गरेका हुन्।
योसँगैँ विद्यालयमा रहेका छात्रछात्रालाई औषधि खुवाउन सुरु गरिएको छ। बागमती नगरपालिकाले मात्र ३८ हजार बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाउने लक्ष्य लिएको जनाएको छ। यस्तै आजदेखि वैशाख २९ गतेसम्म सञ्चालन हुने अभियान अन्तरगत जिल्लामा आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ।
अभियानमा सहभागी भई २०३० सम्ममा देशलाई हात्तीपाईले रोगमुक्त बनाउन सहयोग पुर्‍याइदिन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले आग्रह गरे। अभियानमार्फत् जिल्लामा दुई वर्षमाथि उमेर समूहका आठ लाख २४ हजार ६७१ जनालाई औषधि खुवाइने डा झाले जानकारी दिए। यसका लागि जिल्लामा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन भएका छन्।
उनीहरुले स्कुल–स्कुलमा पुगेर लक्षित उमेर समूहलाई औषधि खुवाउनेछन्। भने, घर–घरमै पुगेर पनि औषधि खुवाउने बागमती नगरपालिका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले राससलाई जानकारी दिनुभयो।
हात्तीपाईले रोगविरुद्धको औषधि गर्भवती महिला, सात दिन सम्मका सुत्केरी, छारे रोगी तथा गम्भीर बिमारीले खान नहुने उनको भनाइ छ। अन्य सबैले हात्तीपाईले रोगबाट बच्न अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ। औषधि सेवनको क्रममा जिल्लामा हालसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ। स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गत वर्ष पनि यस जिल्लामा सात लाख ६२ हजार ६८४ जनालाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइएको थियोे।
सर्लाहीमा हालसम्म एक हजार चार सय ७५ जना हात्तीपाईले रोगका बिरामी रहेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ। उनीहरु लामो समयदेखि सङ्क्रमित भई उपचार गराइरहेका हुन्। जिल्लामा पछिल्लो समय नयाँ सङ्क्रमित नगन्य मात्रामा फेला पर्ने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। हात्तीपाईले रोग सङ्क्रमितलाई टोकेको क्यूलेस लामखुट्टेले अन्य मान्छेलाई टोकेपछि यो सङ्क्रमण फैलिने गर्छ।
जनचेतना तथा औषधि उपचारका कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यलय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोज झाले जानकारी दिए। पछिल्लो समय जिल्लाका विभिन्न पालिकामा न्यून मात्रामा सङ्क्रमित फेला परेपछि अभियानलाई निरन्तरता दिइएको उनको भनाइ छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?