
काठमाडौँ – काठमाडौँ उपत्यका वैजनी रंगले ढपक्क ढाकिएको छ। काठमाडौँका विभिन्न स्थानहरुमा फुलेका ज्याकाराण्डाले उपत्यकाको सौन्दर्य बढाएका छन्।
शहरका ठूल्ठूला रुखहरुमा फुलेको ज्याकाराण्डाले उपत्यकालाई सुन्दर बनाएको छ। ज्याकाराण्डाको वैजनी रंगले अहिलेको यो मौसमलाई अझै रंगीन बनाएको छ।
नीलो रंगको ज्याकारान्डा ढपक्कै फूलेका छन्, दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबार, सातदोबाटो, गौशालासहितका क्षेत्रमा।
ज्याकारान्डा रैथाने नभई आगन्तुक अर्थात पाहुना फूल हो। यो फूल मध्य तथा दक्षिण अमेरिकाबाट नेपाल आइपुगेको बताइन्छ। दक्षिण अमेरिकाबाट भारतसम्म आएको यो फूल त्यहाँ काम गर्ने विशेषतः लाहुरेहरुबाट नेपाल आएको मानिन्छ।

काठमाडौँको घण्टाघर सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ । तस्बिर : बर्षा शाह/देशसञ्चार।