पार्टी एकता अघि बढिरहेको छ: नेपाल

+
-

काठमाडौँ, १९ पुुस (रासस): नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे छलफल भइरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले राजधानीमा बुधबार आयोजना गरेको साक्षात्कारमा उनले दुई पार्टीबीच राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको बताए।

नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने गरी छलफल भइरहेको स्पष्ट पारे। ‘सानो, प्रभावकारी र चुस्त सांगठनिक संरचना आवश्यक छ,’ उनले भने।

उनले पदको निम्ति हानथाप गर्नुभन्दा पनि त्याग गर्ने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।

नेता नेपालले निर्वाचनमा वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाएको भन्दै पाँच वर्षसम्म वाम गठबन्धनलाई काम गर्ने वातावरण निर्माण गर्न काँग्रेससँग आग्रहसमेत गरे।

उनले पार्टी एकता भए पनि जनताको बहुदलीय जनवाद सिद्धान्तलाई नछोडिने बताए। ‘जबजको सान्दर्भिकता अझै बढ्दै गएको छ, कतिपय कुरा समयअनुसार फेरेका छौँ, माओवादीले पनि २१ शताब्दीको जनवाद भनिरहेका बेला समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो,’ उनले भने।

इच्छाशक्ति भए नेपालको विकास चाँडै हुने उनको भनाइ थियो। एमालेले प्रधानमन्त्रीको जिम्मेवारी पाए अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने स्पष्ट पारे।

यो पनि हेर्नुहोस्: 

पार्टी एकताको सर्त तय भइसकेको छैन: दाहाल

पहिले पार्टी एकता, अनि बल्ल सरकार: माओवादी

अध्यादेशमा एमालेको आपत्ति छँदै छ: नेपाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?