
देश सञ्चार
पुस १९, २०७४
अ
+
अ
अ
-
जाजरकोट- मेला हेरेर घर फर्कने क्रममा सिस्नेरी भिरबाट लडेर जाजरकोटमा बुधबार दुई युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कुशे गाँउपालिका–७ नारेका २८ वर्षीय किशोरकुमार सिंह र ३० वर्षीय जनकबहादुर नेपाली छन् ।
कुशे–५ ढिमेमा पाँच वर्षमा लाग्ने झादेउ मेला हेरेर फर्कने क्रममा उनीहरु भिरबाट लडेको प्रहरीले जनाएको छ। उनीहरु भीरबाट करिब पाँच सय मिटर तल खसेको र टाउकामा गम्भीर चोट लागेको बताइएको छ। (रासस)
यो पनि हेर्नुहोस्:

