
विश्व प्रेस स्वतन्त्रता दिवस तथा २७औँ महाधिवेशनका अवसरमा नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा प्रभातफेरी गरेको छ।
प्रभातफेरी शान्तिबाटीकाबाट सुरू भइ राष्ट्रियसभामा पुगेर समापन गरिएको हो। सहभागीले प्रेस स्वतन्त्रमाथिको हस्तक्षप बन्द गर्न माग गर्दै लालटिन बालेर विरोध समेत गरेका थिए।
प्रभातफेरी कार्यक्रममा पत्रकार महासंघको केन्द्रीय समिति, उपत्यका विशेष समिति तथा उपत्यकाभित्रका जिल्ला समितिका सदाधिकारी एवम् सदस्यहरू सहभागी थिए।
आज ३१औं विश्व प्रेस स्वतन्त्रता दिवस हो। ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ।
थप तस्बिरहरू: