भाटभटेनी सुपरमार्केटका मालिक गुरुङद्वारा बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा

भाटभटेनी सुपरमार्केटका मालिक गुरुङद्वारा बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा
+
-

काठमाडौँ– डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग घोषणा गरेका छन्।

शुक्रबार अपराह्न काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन्।

उक्त भेटमा कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामबारे गुरुङलाई फेहरिस्त बताएका थिए।

कोइरालाको भनाइ सुनिसकेपछि गुरुङले अस्पताल बनाउन अब कति सहयोग आवश्यक पर्छ भनेर सोधेका थिए।

कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिवद्धता आएको र नजुटेको बताए। उनको उक्त भनाइ पछि गुरुङले भने,‘मैले तपाईंको यो प्रोजेक्टका लागि ४१ करोड रुपैयाँ सहयोग गर्छु।’

गुरुङले यस्तो घोषणा गरेपछि डा भगवान कोइराला केहीबेर भावुक बन्दै यो खुसीको क्षणलाई बयान गर्नै नसकेको बताए।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?