नर्सिङमा पिएचडी गर्ने दुई दर्जनभन्दा बढी सम्मानित (तस्बिरसहित)

नर्सिङमा पिएचडी गर्ने दुई दर्जनभन्दा बढी सम्मानित (तस्बिरसहित)
+
-

काठमाडौं- नर्सिङ दिवसको अवसरमा नर्सिङमा विद्यावारिधि (पिएचडी) गर्ने दुई दर्जनभन्दा बढी सम्मानित भएका छन्।

चौधौं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघले राष्ट्रिय सभागृह गरेको कार्यक्रममा २५ भन्दाबढी पिएचडीधारी नर्सहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सम्मानित भएका हुन्।

नेपालमा पछिल्लो समय महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पिएचडी अध्ययन गर्न पाउने भएपनि अधिकांशले विदेशबाट पिएचडी गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रधानमत्री दाहालले नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्ने बताएका छन्।

‘नर्सहरूको सेवा-सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होममा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ’, प्रधानमन्त्री दाहालले भने, ‘उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ।’

पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा बिस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताएका हुन्।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?