निहारिकाको योगमायालाई मदन पुरस्कार

निहारिकाको योगमायालाई मदन पुरस्कार
+
-

काठमाडौँ – मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार निलम कार्की निहारिकाको उपन्यास योगमायालाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीको सोमबार बसेको बैठकले निहारिकाको उपन्यास योगमायालाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै जगदम्बा–श्री पुरसकार शान्तदास मानन्धरलाई अर्पण गर्ने निर्णय पनि गुठीले गरेको छ ।

मदन पुरस्कार वर्षभर प्रकाशित उत्कृष्ट कृतिमध्ये एक कृतिलाई र जगदम्बा–श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा विशेष योगदान दिएवापत व्यक्तिलाई प्रदान गरिन्छ । शान्तदास मानन्धर लामो समयदेखि बालसाहित्यमा उल्लेख्य योगदान दिएका व्यक्ति हुन्।

२०७४ को मदन पुरस्कारका लागि निहारिकाको योगमाया सहित उपन्यासहरु– सरस्वती प्रतिक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, ध्रुबसत्य परियारको कथा संग्रह कैरन, गैरआख्यान कृतिहरु– मोहन वैद्यको हिमाली दर्शन, नयनराज पाण्डेको यार, यज्ञशको भुइँया र राज माङलाङको कविता संग्रह लिम्बुनी गाउँ छनोट भएका थिए ।

२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपटक विक्रम सम्बत २०१३ सालमा हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो भने २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरुप जगदम्बा–श्री पुरस्कार घोषणा गर्न थालिएको हो । दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?