
जनकपुरधाम – मधेस प्रदेशसभाको दोस्रो अधिवेशनको अन्त्य गरिएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चालु अधिवेशनको अन्त्य गरेकी हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२ बजेबाट लागू हुने गरी मधेस प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेलले जानकारी दिए।
मधेस प्रदेशसभाको दोश्रो अधिवेशनमा १४ वटा बैठक मात्र बसेको थियो। २०८० असोज २३ गतेबाट सुरु भएको दोस्रो अधिवेशनमा सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको भवन शिलान्यासमा जनमत पार्टीका सांसदमाथि भएको कुटपिटको घटनामा छानबिन समितिको माग गर्दै जनमतले बैठक अवरुद्ध गर्दै आएको थियो।