
काठमाडौँ- सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदबाट वाचन गर्न राष्ट्रपति रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित संसद भवन पुगेका छन्। सभामुख देवराज घिमिरेले संसदमा उनको स्वागत गरेका थिए।
संसद भवन पुगेका राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम पेश गरेका थिए।
राष्ट्रपति पौडेलले संसदमा नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।
संघीय संसद्का सबै सदस्यलाई मंगलबार तीन बजेको लागि तय गरिएको संसद बैठक भन्दा १५ मिनेटअघि नै औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको थियो।
तस्बिरहरु: