
लन्डन– आर्सनलले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेपछि इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राती भएको खेलमा साविक विजेता चेल्सी २–२ गोलको बराबरीमा रोकिएको छ।
आर्सनलका हेक्टर बेल्लरिनले पाच मिनेट थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए।
त्यसपछि चेल्सीका डेभिड जाप्पाकोस्टाको प्रहार क्रसबारमा लागेर बाहिरियो भने अल्भारो मोराटाको गतिलो आक्रमण आर्सनलका गोलरक्षक पिटर चेकले उत्कृष्ट बचाउ गरे।
त्यस अघि खेलमा अग्रता आर्सनलले लिएको थियो। ज्याक विल्सायरले ६३ औं मिनेटमा गोल गरेका थिए। तर इडेन हाजार्डको पेनाल्टी गोलमा चेल्सी चार मिनेट लगत्तै बराबरीमा फर्कियो।
मार्कोस आलोन्सोले ८४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
बराबरीपछि चेल्सीले तालिकाको दोस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ।
२२ खेलबाट ४६ अंक भएको चेल्सी तेस्रो स्थानमा छ। शिर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २२ खेलबाट ६२ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले २२ खेलबाट ४७ अंक जोडेको छ।
आर्सनल २२ खेलबाट ३९ अंक जोडेर छैटौं स्थानमा छ।
यो पनि हेर्नुहोस्: