
काठमाडौँ – नेपाल विद्यार्थी संघले नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि विरोध प्रदर्शन गरेको छ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसनिकट विद्यार्थीहरुले संसद् भवनको १ नम्बर गेटअगाडि प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ महिला र ९ पुरुष छन्।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ।