
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
विपक्षी दलहरूको अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको हो।
बैठका विपक्षीहरूले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै विरोध जनाएका थिए।
रवि माथिको सहकारी प्रकारणमा संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने कांग्रेसको माग छ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम छ।
थप तस्बिरहरू:

तस्बिर: बर्षा शाह/देशसञ्चार ।