प्राइम सहकारी प्रकरणमा थप एक पक्राउ

प्राइम सहकारी प्रकरणमा थप एक पक्राउ
+
-

पोखरा- बचतकर्ताको रकम हिनामिना गर्ने प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका- २९ पट्नेरीका ४६ वर्षीय उत्तम मगरलाई पक्राउ गरेको हो।

रकम हिनामिनामा संग्लन भएको अनुसन्धानबाट खुलेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए। उनी सहकारीको कुन जिम्मेवारीमा थिए भन्ने खुलाइएको छैन।

पोखरा महानगरपालिका- ४ गैरापाटनमा कार्यालय रहेको प्राइम सहकारीले एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन गरेको सहकारी रजिष्ट्राको कार्यालय गण्डकीले गरेको अनुसन्धानमा खुलेको छ।

कार्यालयले अनुसन्धान सकेर प्रहरीलाई पत्रचार गरेपछि रकम हिनामिनामा संलग्न ८ जना जेठ १ गते नै पक्राउ परेका थिए। सहकारीका अध्यक्ष, शेयर सदस्य र कर्मचारी पक्राउ परेका हुन्।

सहकारीका निर्वतमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, प्रबन्धक निरु थापा, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहार इन्द्रप्रसाद बराल, कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा, शेयर सदस्य मानबहादुर गुरुङलाई यसअघि नै पक्राउ परेका हुन्।

प्रबन्धक निरु थापा र कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेलको योजनामा सहकारीको रकम अपलचन भएको सहकारी रजिष्ट्रारको कार्यालयले निष्कर्षसहितको प्रतिवेदन प्रहरीमा बुझाएको थियो।

सहकारीको कार्यक्षेत्र कास्कीसँगै तनहुँ र गोरखा पनि हो। ४ स्थानमा सेवा केन्द्र स्थापना गरी सेवा दिइरहेको थियो।

जिल्ला प्रहरी कार्यालय, कास्कीले प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका रकम फिर्ता नपाएका बचतकर्तालाई उजुरी दिन अनुरोधसमेत गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?