
काठमाडौँ – संसदमा नेपाली कांग्रेसको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।
आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजीका बीच प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका हुन्। उनलाई १५७ जना सांसदले विश्वासको मत दिए। उनले चौथो पटक विश्वासको मत लिएका हुन्।

तस्बिर: बर्षा शाह/देश सञ्चार