तस्बिरमा हेर्नूहाेस् प्रतिनिधिसभाकाे बैठकमा कांग्रेसकाे अवराेध

तस्बिरमा हेर्नूहाेस् प्रतिनिधिसभाकाे बैठकमा कांग्रेसकाे अवराेध
+
-

काठमाडौं- प्रतिनिधिसभा बैठकमा मंगलबार पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराेध गरेकाे छ।

बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद बद्रि पाण्डेले बोलेसँगै कांग्रेसले नाराबाजी गरी संसद अवराेध गरेकाे हाे। उनले गृहमन्त्री रवि लामिछानेलाई बोलेका कुरा पुष्टि गर्न र छानबिन गर्न चुनौती दिए।

उनले गृहमन्त्रीको जस्तै अभियोगमा बागमती प्रदेशसभा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका।

सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ। उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताए।

कांग्रेसकाे अवरोधका बीच नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव टेवल गरे।

आज बिहान ११ बजे बस्ने भनिएकाे प्रतिनिधिसभा बैठक ढिलागरी सुरु भएकाे हाे। सभामुख देवराज घिमिरे र दलहरूबीचको छलफल लम्बिएकाे कारण बैठक ढिला सुरु भएकाे हाे। सभामुख घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरू बीच नयाँ बानेश्वरस्थित संसद भवनमा छलफल भएकाे थियाे।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले लामो समयदेखि विरोध गर्दै आएको छ।

थप तस्बिरहरू: 

तस्बिर: बर्षा शाह/देश सञ्चार।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?