
काठमाडौँ – सभामुख देवराज घिमिरेको कार्यशैलीको विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ।
नेविसंघमा आबद्ध विद्यार्थीहरुले मंगलबार अपराह्न बालुवाटारस्थित सभामुख निवासअगाडि प्रदर्शन गरेका हुन्। त्यसक्रममा उनीहरुले कालो झण्डा देखाएर विरोध जनाएका थिए। प्रदर्शनका क्रममा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।
कांग्रेसको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको काम कारबाही अगाडि बढाएपछि नेपाली कांग्रेसले सभामुखको भूमिकामाथि नै प्रश्न उठाएको छ।