
काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्।
नागरिकता कीर्ते प्रकरणमा प्रहरीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको हो। उनीविरुद्ध जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो।
प्रहरीले पक्राउ गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष सिरोहियाले सरकारले अधिनायकवाद शैलीमा आफूलाई पक्राउ गरेको बताए। उनले गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रतिशोध साँधेर पक्राउ पुर्जी जारी गराएको बताए।
पछिल्लो समय कान्तिपुर दैनिकले गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणबारे निरन्तर समाचार प्रकाशित गर्दै आएको छ। सोही समाचार लेखेको प्रतिशोध साँध्न आफूलाई पक्राउ गरिएको सिरोहियाको भनाइ छ।

तस्बिरः बर्षा शाह/देश सञ्चार।