जिल्ला अस्पतालमा औषधि अभाव

जिल्ला अस्पतालमा औषधि अभाव
+
-

सिमकोट – जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन्। मौसमी बिरामीको संख्या बढ्दै गएपछि अस्पतालका लागि खरिद गरिएको औषधि नेपालगञ्जबाट हवाई मार्ग हुँदै ढुवानी गर्न नसकिएपछि औषधि अभाव हो।

१५ शय्याको जिल्ला अस्पतालमा वैशाखदेखि औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेको बिरामी जानकी रावतले बताइन्। चिकित्सकले लेखेको औषधि निजी मेडिकलमा किनेर सेवन गर्न बाध्य भएको उनको गुनासो छ।

रुघाखोकी, झापापखालालगायत सबै खाले बिरामी उपचारका लागि जिल्ला अपतालमा पुग्दा उपचारपछि औषधि वितरण कक्षमा औषधि नपाउने गरेको छ। जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधिसमेत पाउन नसकेको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटाले बताए।

आफू बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा रहे पनि चिकित्सकले लेखिदिएको औषधि मेडिकलबाट किनेर लगेको उनले बताए। चार हजारसम्मको औषधि निजी मेडिकलबाट किनेको र भिटामिनको औषधिसमेत नभएको टमटाले गुनासो गरे।

चेकजाँचपछि औषधि लिन जाँदा जिल्ला अस्पतालको औषधि वितरण कक्षमा औषधि नपाएर सेवाग्राही फिर्ता हुनुपर्ने अवस्था छ। जिल्ला अस्पतालले निःशुल्क दिने औषधिसमेत नपाएको उनले बताए।

वैशाखयता जिल्ला अस्पतालमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ। आइतबार र सोमबार ८० जनासम्म बिरामी पुग्छन् भने अन्य दिनमा ५० जनाभन्दा कम आउने गरेका छैनन्। लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको छ।

आकस्मिक सेवाका लागि भर्ना भएका बिरामीलाई समेत औषधि दिन नसकिने समस्या अस्पतालले भोग्दै आएको छ। अस्पतालमा औषधि अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए। जहाज नचल्दा खरिद गरेर हुम्ला पुग्ने औषधि नेपालगञ्जमा थन्किएको प्रमुख सिंहको भनाइ छ।

अबको एक दुई दिनमा जहाज सुचारु भए नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर हुम्ला आइपुग्ने प्रमुख सिंहले बताए। गाउँमा भएका स्वास्थ्य चौकीमा औषधि पाउन मुस्किल हुन्छ। अस्पातलमा पुग्दा राम्रो औषधि र चिकित्सकको चेक जाँचको आशामा बिरामी आउने गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?