लेकसाइडको स्पाबाट फेरि ५ बालिकाको उद्धार

लेकसाइडको स्पाबाट फेरि ५ बालिकाको उद्धार
+
-

पोखरा- पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा (मसाज) सेन्टरले बालिकालाई काम लगाउने गरेको फेला परेको छ। स्पामा काममा लगाइएका ५ जना बालिकाको शुक्रबार उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समूहले संयुक्त अनुगमन गरेको थियो।

पोखरा महानगरपालिका–६ लेकसाइडका १५ स्पा सेन्टरमा अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए।

तीमध्ये तीनवटा स्पामा बालिकाकालाई काम लगाएको फेला परेकाले उद्धार गरेको उनको भनाइ छ।

नेक्टर इको स्पाबाट ३ जना, पञ्चासे स्पा एण्ड पार्लर र नमस्ते वेलनेस स्पाबाट १/१ जना बालिकाको उद्धार गरिएको हो। बालिकाको उद्धार गरेर थप अनुसन्धान भइरहेको डिएसपी शर्माले जानकारी दिए ।

यसअघि जेठ २ गते पनि अनुगमन टोलीले ६ जना बालिकाको उद्धार गरेको थियो। लेकसाइडको सेन्टर पोइन्ट स्पा र न्यु भिजन स्पाबाट २/२ जना, हिमालय र पारामाउण्ट स्पाबाट १/१ जना बालिकाको उद्धार गरेको गरिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?