सत्तामा रहेकाले बचत हिनामिना गरेको आरोप

बचत फिर्ता माग्दै पोखरामा पीडितको प्रदर्शन

+
-

पोखरा – बचत रकम फिर्ता माग्दै पोखराका सहकारी पीडित बचतकर्ताले विरोध प्रर्दशन गरेका छन्। आइतबार दिउँसो सहकारी ठगलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन माग राख्दै विरोध प्रदर्शन गरेका हुन्।

सहकारी बचत पीडित संघर्ष समिति कास्कीले आह्वान गरेको विरोध प्रदर्शनमा राजनीतिक दलका नेता कार्यकर्तासमेत सहभागी थिए। पोखराकोे सृजनाचोकदेखि नाराबाजी गर्दै निक्लेको ¥याली पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भयो।

र्‍यालीमा सहभागीले ‘सहकारी पीडितलाई न्याय दे’, ‘आन्दोेलनरत बचत पीडितकर्ताको जिउधनको सुरक्षा गर’, ‘पीडितलाई धम्क्याउनेलाई कानुनी कारबाही गर’, ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कस्ले गर्छ हाम्रो बचतको सुरक्षण ?’ ‘कानुनी अपूर्णता र अस्पष्टता अन्त्य गर’, ‘हाम्रा सहकारीका पैसा बाँडेर खायौं, वृद्धदेखि बालकसम्म धुरुधुरु रुवायौैं’ लगायत नारा लगाएका थिए। कोणसभामा बोल्दै सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले निरन्तर संघर्षमा रहेपनि न्याय नपाएको गुनासो सुनाए। सहकारीकोे रकम राज्यसत्तामा रहेका व्यक्तिको नाममा दुरुपयोग भएको उनको आरोेप छ।

‘सुरुमा त सहकारीमा पैसा डुब्यो भन्ने मात्रै हामीलाई थाहा थियो। सहकारीको पैसा क–कसले लगे, खाए, कसरी अपचलन गरियो भन्ने केही थाहा थिएन। जब हामी छानबिनमा बस्यौं हामी निशब्द बनेका छौं’, श्रेष्ठले भने, ‘सहकारीको हाम्रो बचत जुन हिसाबले दुरुपयोग भाको छ राज्यसत्ता र सरकारमा बसेका मान्छेहरुको नामबाट दुरुपयोग भाको छ।’

वर्तमान सरकारमा रहेकाको नाममा रकम अपचलन भएको संयोजक श्रेष्ठले ठोकुवा गरे। पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनले पनि औल्यांएको उनको भनाइ छ।

‘सहकारीको समस्या समाधान गर्ने विषयमा सरकारले कुनै पाइला चालेका छैन। यहाँ त केबल सरकार कसरी बचाउने ? कुर्सी कसरी बचाउने ? यस्तै यस्तै खेल चलिरहेको छ’, उनको दुखेसो छ। बचत फिर्ता गराउन ठोष कदम सरकारले चाल्नुपर्ने श्रेष्ठको माग छ।
सहकारी पीडितको विरोध प्रदर्शनमा कास्कीमा क्रियाशिल नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी (मसाल), नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले ऐक्यबद्धता जनाउँदै सहभागी थिए।

पोखरामा सूर्यदर्शन, शिवशिखर, इमेज, मित्रमिलन, बलिदानी, विन्दवासिनी र प्राइम बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना पारेका छन्। ७ सहकारीविरुद्ध प्रहरीमा उजुरी परेपछि छानबिनको चरणमा छ। झन्डै ४० हजार बचतकर्ताको ७ अर्ब रुपैयाँ सहकारीका सञ्चालक हिनामिना गरेका छन्। बचतकर्ताकोे रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका थुप्रै सहकारीका बचतकर्ता कानुनी प्रक्रियामा जानलाई पर्ख र हेरको अवस्था रहेको बताउँछन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?