‘ट्रम्प नझुक्ने राष्ट्रपति, किमको मानसिक अवस्था शंकास्पद’

‘ट्रम्प नझुक्ने राष्ट्रपति, किमको मानसिक अवस्था शंकास्पद’
+
-

वासिङटन-उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु हतियारको बटन आफ्नो टेबलमा भएको भनाइपछि अमेरिकाले उनको मानसिक स्थितिबारे प्रश्‍न उठाएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले पत्रकार सम्मेलनमा भनिन्, ‘मलाई लाग्छ, अमेरिकी राष्ट्रपति र जनता उत्तर कोरियाली नेताको मानसिक स्थितिका बारेमा चिन्तित हुन जरुरी छ।’

उत्तर कोरियाली नेता किमले लगातार धम्की दिइरहेको भन्दै उनले यस्तो शंका गर्नुपरेको जवाफ दिइन्।

उनले कैयौंपटक क्षेप्यास्त्र परीक्षण गरेको पनि स्यान्डर्सले चर्चा गरिन्।

ट्रम्पले परमाणु बटनबारे दिएको जवाफको सञ्चारकर्मीले प्रश्न गरेका थिए । कैयौं अमेरिकी राजनीतिक विश्लेषकले भने ट्रम्पको मानसिक अवस्थाबारे आशंका गरेका छन्।

स्यान्डर्सले भनिन्, ‘ट्रम्प कहिल्यै पनि नझुक्ने राष्ट्रपति हुनुहुन्छ र कमजोर हुनुहुन्न । उहाँले जो प्रतिज्ञा गर्नुहुन्छ । त्यो पूरा गर्नुहुन्छ। अमेरिकी जनतासँग खडा भएर उहाँले जनताको रक्षा गर्नुहुन्छ।’

ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको धम्कीको जवाफमा ट्विट गर्दै आफूसँग त्योभन्दा शक्तिशाली बटन भएको जवाफ दिएका थिए।

यसअघि नेता उनले आफ्नो टेबुलमा आणविक हतियारको बटन भएको बताएका थिए।

यो पनि हेर्नुहोस्:

मसँग ज्यादा शक्तिशाली आणविक बटन छ: ट्रम्प

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?