
काठमाडौं- टी-२० विश्वकप क्रिकेट अन्तर्गत अमेरिकामा जारी नेपाल र नेदरल्यान्डबीचको खेल हेर्न काठमाडौंको टुंडिखेलमा नेपाली दर्शकहरु भेला भएका छन्।
टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गरेको हाे।
वर्षाका कारण मैदान भिजेका कारण टसमा केही ढिलाइ भएको थियो। अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन्।
नेपालको टोलीमा नियमित खेलाडी सन्दीप जोरा सहित कमल सिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशीलाई आज बेन्चमा राखिएको छ। नेपालले सागर ढकाललाई पहिलो रोजाइको स्पिनरको रूपमा मैदान उतार्न लागिएकाे हाे।