प्राथमिक तहका विद्यार्थीको आँखा परीक्षण गरियाे

प्राथमिक तहका विद्यार्थीको आँखा परीक्षण गरियाे
+
-

सिमकोट – दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाको प्राथमिक तहमा अध्ययन गर्दै आएका प्राथमिक तहका विद्यार्थीको आँखाको परीक्षण गरिएको छ। हालसम्म आँखाको चेकजाँच नभएको र तल्लाको कक्षामा अध्ययनरत विद्यार्थीको आँखाको स्क्रेनिङ गर्न निःशुल्क रुपमा यो शिविर सञ्चालन गरिएको हो।

चंखेली गाउँपालिका– २ का जानकी शाहीले सातभन्दा बढी विद्यालयमा अध्ययनरत कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीको आँखाको स्क्रेनिङ शिबिर सञ्चालन भएको बताईन। विद्यालय स्तरमा यसरी पहिलो पटक साना विद्यार्थीको आँखाको चेकजाँच गर्ने कार्य भएको हो। उनले निशुल्क रुपमा साना विद्यार्थीको आँखाको चेकजाँच गर्ने कार्य भएपछि उनीहरूको आँखाको अवस्थाबारे जानकारी भएको बताइन्।

शिविरको आयोजक हेल्पिङ हेण्ड कर्णाली हुम्लाका अध्यक्ष दिलबहादुर शाहीले बालबालिकाको आँखाको अवस्था पत्ता लगाउन र उपचारको ब्यवस्थाका लागि यो स्क्रेनिङ शिबिर सञ्चालन गरिएको बताए। उनले ५७७ जना बालबालिकाको आँखाको स्क्रेनिङ गर्दा पन्द्र जनालाई चश्मा प्रयोग गर्ने ब्यवस्था भएको र तीन जनालाई काठमाडौंमा लगेर आँखाको उपचार गर्ने ब्यवस्थासमेत भएको बताए।

अर्को यो निशुल्क आँखाको स्क्रेनिङ कार्यक्रमले प्रत्येक विद्यार्थीको आँखाको अवस्थाका बारेमा जानकारी भएको र विद्यार्थीका अभिभावकलाई समेत जानकारी गराइएको थियो। यसबाट आँखाको चेकजाँज गराउनु पर्छ भन्ने मान्यताको जगाउने कार्य भएको र न्यून आयश्रोत भएको घरपरिवारका बालबालिकालाई सहयोग पुगेको छ।

चेकजाँचपछि आबश्यक पर्ने औषधी समेत निशुल्क प्रदान गरिएको थियो। यो कार्यक्रम पाँच दिनसम्म सञ्चालन भएको थियो भने स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। यसका लागि हेल्पिङ ह्याण्डले अष्ट्रेलियामा बस्दै आएका तीन जना नेपालीबाट प्राप्त भएको सहयोगबाट आँखा स्क्रेनिङ कार्यक्रम सञ्चालन गरिएको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?