मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान (तस्बिरसहित)

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान (तस्बिरसहित)
+
-

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली प्रस्थान गरेका छन्।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो नयाँदिल्लीतर्फ लागेका हुन्।

प्रधानमन्त्री दाहालका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।

विश्वभरका ८ हजार पाहुनाहरूको उपस्थितीमा मोदीले आइतबार बेलुका ७ः१५मा राष्ट्रपति भवनमा शपथ लिँदैछन्। उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले शपथ खुवाउने छिन्।

मोदीले उनले तेस्रो कार्यकालका लागि शपथ लिन लागेका हुन्।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ।

थप तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?