
काठमाडौँ- एक फ्रान्सेली आरोहीसहित ६ जना शेर्पाहरुको टोलीले चोओयु हिमालको सफल आरोहण गरेको छ।
सात जनाको यो टोलीले नेपालतर्फको यो नयाँ रुटबाट पहिलोपटक चोओयुको सफल आरोहण गरेको हो।

चोओयु हिमाल आरोहण गर्ने फ्रान्सका अलास्डिर म्याकान्जी।
नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) हुँदै चोओयुको पहिलोपटक सफल आरोहण गरी यो टोली सोमबार काठमाडौँ फर्केको हो।
आरोहण कम्पनी सेभेन समिट ट्रेक्सले उनीहरुलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेको हो।
चीनबाट चोओयु हिमाल (८१८८ मिटर)को सफल आरोहण हुँदै आए पनि यसपटक भने जुन ७ तारिखका दिन ८:३५ बजे नेपालतर्फबाट यो टोलीले यस हिमालको सफल आराेहण गरेकाे हाे।
आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) चोओयुको पहिलो पटक आरोहण सफल भएको बताए।
एक जना फ्रान्सका अलास्डिर म्याकान्जी, नेपालबाट गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङ्दा शेर्पा गरी ७ जनाकाे टाेलीले उक्त हिमालकाे सफल आराेहण गरेका थिए।
पर्यटन विभागले यो टोलीलाई प्रमाणपत्रसहित सम्मान गरेको पनि हो।