
कोलम्बो-श्रीलंकाले आफ्नो महत्वपूर्ण ऋण चुक्ता गर्न यो वर्ष ऋणपत्र जारी गरी पाँच अर्ब अमेरिकी डलर जुटाउने जानकारी दिएको छ।
श्रीलंका हाल ठूलो परिणाममा ऋणमा डुबेको छ। यसअघि नै ३० अर्ब अमेरिकी डलर विदेशी ऋण चुक्ता गर्न अन्तर्राष्ट्रिय मुद्राकोषलाई गुहार्नुपरेको थियो।
श्रीलंकाको अत्यधिक रकम विगतको सरकारले चिनियाँ कम्पनीद्वारा लगानी गरिएका आधारभूत संरचना पूरा गर्नमा खर्च भएको थियो । ती परियोजनामध्ये अधिकांश पूर्ण रूपमा असफल भएका थिए।
ती परियोजनामध्ये एक परियोजना पूर्वराष्ट्रपति महिन्द्रा राजपाक्षेको गृहनगरस्थित विशाल विमानस्थल पनि हो।
श्रीलंका सरकारका प्रवक्ता जयन्त करणारत्नेले मन्त्रिमण्डलले ऋणपत्र जारी गरी पाँच अर्ब डलर जुटाउन मञ्जुरी दिएको जानकारी दिएका छन्।
गत वर्ष पनि श्रीलंका सरकारले ऋणपत्रमार्फत ३ अर्ब ७३ करोड अर्ब जुटाएको थियो।
यो पनि हेर्नुहोस्: