देशसञ्चार चौतारी : भाग-४८

कफीको स्वाद तपाईँको मुडमा भर पर्छ…

+
-

काठमाडौँ- हिमालयन जाभाले २५ वर्षको यात्रामा ६१ वटा फ्रेन्चाइजहरु ल्याइसक्यो।

अष्ट्रेलियाबाट फर्केर व्यवसाय सुरु गरेका गगन प्रधानले २५ वर्षको यो यात्रामा नेपालकै कफी  खपत गर्ने कफी साहुको परिचय बनाएका छन्।  जाभा नेपालको हकमा, मुख्यगरी काठमाडौँको हकमा एउटा बेग्लै परिचय बनेको छ। कफी सपभन्दा एक कदमअगाडि बढेर वर्कस्पेस र लिभिङ रुमका रुपमा।

हिमालयन जाभाको यस यात्राबारे कुरा गर्न हामीले देशसञ्चार चौतारीको यस अंकमा सञ्चालक गगन प्रधानलाई बोलाएका थियौँ। गगनले आफ्नो साथमा हिमालयन जाभाका महाप्रबन्धक दिवाकर ओझालाई पनि लिएर आएका थिए।

‘अष्ट्रेलियाबाट नेपाल फर्केर थोरै पुँजीमा के व्यवसाय गर्न सकिन्छ भनेर मैले हिमालयन जाभा सुरु गरेको हुँ,’ गगनले जाभाको इतिहास सम्झिए।

जाभा सुरु गरेको २५ वर्षपछि उनले एउटा प्रसिद्धि कमाएका छन्। उनले अन्तर्वार्ताका क्रममा भने- ‘जुन नाम र लोकप्रियता मैले नेपालमा कमाएँ, त्यो संसारका अन्य स्थानमा सम्भव नै थिएन।’

१०-१२ लाखको लगानीमा हिमालयन जाभा सुरु गरेका गगनलाई पहिलो हिमालयन जाभा सुरु गर्दा दोस्रो सुरु गरुँला भन्ने सोच आएको थिएन। तर, अहिले आएर यसले ६१ वटा आउटलेटमा आफूलाई विस्तार गरिसकेको छ।

‘सिड्नीमा पढ्दा एउटा कफीसपमा इन्डोनेसियाको जाभाको कफी बेचिन्थ्यो, त्यही नामको आधारमा मैले हिमालको कफी भन्ने बुझाउन हिमालयन जाभा नाम सुझाएँ,’ गगनले पुराना कुरा कोट्याए।

प्राध्यापक अभि सुवेदीको नाममा ठमेलको कफी सपमा टेबल नै राखेको प्रसंग पनि सुनाए गगनले।  कफी सपलाई  एउटा एक्स्टेन्डेड लिभिङ रुम र एक्स्टेन्डेड वर्कप्लेस भन्न रुचाउँछन् उनी।

कफी सपका नियमित ग्राहकहरुले आफ्नो इनिसिएटिभ्सलाई सहयोग पनि गरेको उनले सुनाए।  ‘अभि सरले हिमालयन जाभाको कुनामा कविता सुनाउनुहुन्थ्यो, नेपाल बन्दमा पनि कफी खान आउनुहुन्थ्यो अभि सर। मेरो स्टाफहरु उहाँलाई मात्र कफी सर्भ गर्न आइपुग्थे,’ उनले सम्झिए।

कफी खान कुनै समय नै नचाहिने बताउँछन् गगन। ‘आजको दिनमा हिमालयन जाभाले राज्यलाई धेरै दिन नसके पनि कत्ति भाइबहिनीलाई काम दिइरहेको छ, कफी खाने कल्चर बढाएको छ,’ उनले हिमालयन जाभाको योगदान सम्झिए।

विदेशमा वा नेपालमा कहिँ पनि काम गर्न सजिलो नभएको सुनाउँछन् गगन। तर, आफ्नै देशमा काम गर्ने सम्भाववनाहरुको खोजी गर्नुपर्ने बताउँछन् उनी। विश्वभरिबाट फ्रेन्चाइजको माग आइरहेको तर अहिले आफू नेपालमै केन्द्रित भएको पनि उनी बताउँछन्। ‘नेपालको कफीले नेपाललाई नै पुग्दैन,’ उनले नेपालमा कफीखेतीको अपार सम्भावना रहेको तथ्य कोट्याए, ‘नेपालमा कफीको माग धेरै भए पनि उत्पादन कम छ।’ नेपालमै केही सम्भावना छ भन्ने उदाहरण हिमालयन जाभा भएको गगनले बताए।

हिमालयन जाभाले पहिलेदेखि अहिलेसम्मै नेपालको कफी बेचिरहेको पनि उनले बताए। ‘म नखाको दिनमा ४ कप कफी खान्छु, कुनै दिन १२ कपसम्म खान्छु,’ उनले भने।

जाभाको नयाँ फ्रेन्चाइज खोल्दा तीन/साढे तीन वर्षमा लगानी रिटर्न हुने गरी काम गर्ने हिमालयन जाभाका सञ्चालक गगनसँगै आएका संस्थाका महाप्रबन्धक ओझाले बताए।

ठाउँ हेरेर हिमालयन जाभाको फ्रेन्चाइजको सेटअप र इन्टेरियर फरक हुने ओझाले बताए।

हिमालयन जाभाले मल्टिनेसनल कम्पनीको जस्तो सबैतिर एउटै देखिने फ्रेन्चाइज नखोल्ने गगनले बताए। ‘हरेक ठाउँमा त्यहाँको विशेषतासँग मिल्ने गरी सेटअप राख्दा फरक भाइब्स आउँछ,’ गगनले भने। धेरै प्रकारका कफी हिमालयन जाभाका फ्रेन्चाइजमा पाइने, त्योमध्ये एस्प्रेसो बेस्ड कफी नेपालमा कफी रुचाइने ओझाले अन्तर्वार्ताका क्रममा बताएका थिए।

जाभाका कफीसपहरुमा एकरुपता ल्याउन प्रयास गरिरहेको तर बरिस्ताको ज्ञान, पानीको गुणस्तर र मेसिनको प्रकारले पनि कफीको स्वाद फरक हुने हिमालयन जाभाका महाप्रबन्धक ओझाले बताए। ‘तर कफीको स्वाद तपाईँको मुडमा पनि भर पर्छ,’ गगनले थपे।

पूरा भिडियो:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?