
काठमाडौं- अघिल्लो चरण प्रवेशको झिनो सम्भावना रहेको पाकिस्तानले आफ्नो तेस्रो खेलमा क्यानडासँग १ सय ७ रनको लक्ष्य पाएको छ। समूह ‘ए’ मा सुरुवातमा लगातार दुई खेल हारेर जित्नै पर्ने दबाबमा रहेको पाकिस्तानले टस जितेर पहिले फिल्डीङ गरेको थियो।
पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो। खराब ब्याटिङ गरेको क्यानडाका लागि ओपनर एरोन जोनसोनले ५२ रनको अर्धशतकीय इनिङ खेल्न सर्वाधिक रह्यो। उनी बाहेक कलिम सनाले १३ रन र साद बिन जफरले १० रन बनाए।
पाकिस्तानले कसिलो बलिङ गर्ने क्रममा उसका मोहम्मद अमिर र हरिस रउफले २-२ विकेट लिंदा नसिम साह र सहिन सा अफ्रिदीले १-१ विकेट लिए।