
काठमाडौं- नेपाल र श्रीलंकाबीच बुधबार (आज) बिहानका लागि तय भएको विश्वकपको स्पर्धा वर्षाका कारण अन्योलमा परेको छ। खेल हुने तय भएको अमेरिका स्थित फ्लोरिडामा भारी वर्षा भएपछि खेल अन्योलमा परेको हो।
समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाबीच अहिले ५:१५ बाट खेल सुरु हुने कार्यतालिका रहेको थियो। तर वर्षाका कारण टस समेत हुन सकेको छैन् भने खेल्नै हुने नहुने अन्योलता बढेको छ। समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंका अङ्क विहीन छन्। अघिल्लो चरणक प्रवेशका लागि श्रीलंका जित्नै पर्ने दबाबमा रहेको थियो।
नेपाल पनि श्रीलंकालाई हराएर महत्वपूर्ण २ अङ्क सहित वेस्टइन्डिज जाने तयारीमा रहेको थियो। नेपालले नेदरल्याण्ड्सको पहिलो खेल गुमाएको थियो। पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित श्रीलंकाले बंगलादेशसँगको खेल पनि गुमाएको थियो।
तर फ्लोरिडाको ब्रोवार्ड काउन्टी स्टेडियमको मौसम अनुकूल हुने सम्भावना कमजोर रहँदा दुबै टिमले अङ्क बाँड्ने सम्भावना रहेको छ। खेल हुने स्टेडियम क्षेत्रमा स्थानिय समय अनुसार विहानदेखि नै निरन्तर वर्षा भइरहेको छ। नेपाल र श्रीलंकाको खेल हेर्नका लागि अमेरिकाका विभिन्न राज्यबाट हजारौं समर्थक पुगेपनि मौसम बाधक बन्ने सम्भावना बढेको छ। नेपालले यसपछिका बाँकी समूह चरणका अन्तिम २ खेल वेस्टइन्डिजमा खेल्ने छ।