
अ
+
अ
अ
-
काठमाडौं- एएफसी यु-१७ एसियनकप छनोट-२०२५ मा नेपाल एसियाली पावरहाउस देशहरुको समूहमा परेको छ। बिहीबार सार्वजानि गरिएक ड्र अनुसार नेपाल एसियाली महारथी जापान र कतारसँगै समूह ‘एफ’ मा रहेर छनोट खेल खेल्ने छ।
समूहमा जापान,कतार,मंगोलिया र नेपाल रहेको छन्। यस समुहका सबै खेल कतारले आयोजना गर्ने छ। छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ।
जापान प्रतियोगिताको साविक विजेता समेत हो। उसले २०२३ मा थाइल्याण्डमा भएको यू-१७ एसियन कपमा दक्षिण कोरियालाई हराएर उपाधि जितेको थियो।
२०२३ मा भने नेपाल भियतनाम, थाइल्याण्ड र चाइनिज ताइपेइ रहेको समूहमा परेको थियो। तर खराब प्रदर्शन गरेको नेपाल सबै खेलमा पराजित हुँदै ३ खेलमा १२ गोल खान पुगेको थियो।