
अ
+
अ
अ
-
टी-२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले सनसनिपूर्ण रुपमा पहिलो सहभागितामै ‘सुपर आठ’ मा स्थान पक्का गरेको छ। शुक्रबार राति अमेरिका र आयरल्यान्ड बिचको खेल वर्षाका कारण रद्द भएसँगै अमेरिका सुपर आठमा प्रवेश गर्यो भने पाकिस्तान औपचारिका रुपमा बाहिरियो।
अमेरिका ‘सुपर आठमा’ प्रवेश गरेसँगै २०२६ टी-२० विश्वकपमा समेत स्वत छनोट भएको छ। बहुप्रतिक्षित मानिएको समूह ‘ए’ अन्तर्गत अमेरका र आयरल्यान्डबिचको खेल अन्तिम समय सम्म गराउने प्रयास भएपनि भिजेको मैदानका कारण करिब ३ घण्टासम्म अम्पायरले प्रतिक्षा गरेका थिए। तर त्यसपछि पुन वर्षा सुरु भएसँगै खेल रद्द गरियो।
योसँगै साविकको फाइनलिस्ट तथा २००९ को च्याम्पियन पाकिस्तान भने समूहचरणबाटै बाहिरियो। भारत र अमेरिका समूह ए बाट सुपर आठमा प्रवेश गरे।