
अ
+
अ
अ
-
टी-२० विश्वकप अन्तर्गत समूहरचणको तेस्रो खेलमा दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिले बलिङ गरेको नेपालले पहिलो विकेट हात पारेको छ। नेपालक लागि दिपेन्द्र सिंह ऐरीले ३.४ ओभरमा ओपनर क्विन्टन डिककलाई १० रनको अवस्थामा ‘कट एण्ड बोल्ड’ गरे।
नेपालले आज लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा राख्दा सागर ढकाल बेन्चमा रहेका छन्। नेपाल आज दक्षिण अफ्रिका विरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघिनै दक्षिण अफ्रिका भने ३ खेलमा जित हासिल गर्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर आठमा प्रवेश गरीसकेको छ।नेपाललाई अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब रहेको छ।