टी-२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध उत्कृष्ट सुरुवात गरेको छ। बंगलादेश विरुद्ध टस जितेर पहिले बलिङ सुरु गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै विकेट लियो। बंगलादेशी ओपनर तान्जित हसन सोमपाल कामिको बलमा कट एण्ड बोल्ड हुँदै गोल्डेन डकआउट भए।
दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौकाका रुपमा रहँने छ। यद्यपि बंगलादेशका लागि भने यो खेल जित्दै अघिल्लोचरण पुग्ने अवसरका रुपमा रहने छ।

भर्खरै
लोकप्रिय






































































































































































































