काठमाडौं- टी-२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेश विरुद्ध पूर्ण रुपमा हावी भएको छ। नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिए। उनले तन्जिम हसन सकिबलाई बोल्ड गर्दै पेभिलिय पठाए। एकपछि अर्को विकेट गुमाइरहेको बंगलादेशका लागि त्यसअघि क्रिज समालिइरहेका सकिब उल हसन १७ रनमा आउट भएका थिए।
उत्कृष्ट बलिङ गरेको नेपालका लागि छैटौं विकेट सकिब उल हसनका नाममा रह्यो। हसनलाई कप्तान रोहित पौडेलले दोस्रो विकेटका रुपमा पेभिलियन फर्काए। रोहितले हसनलाई एलबिडब्लु आउट गरे। त्यसअघि पाँचौ विकेटका रुपमा महमदुल्लाह १३ रनमा सन्दीप लामिछानेद्वारा रनआउट भएका थिए।
त्यसअघि कप्तान रोहित पौडेललेनै चौथो विकेटका रुपमा तोहिद हृदोयी आउट भए। उनलाई रोहितको बलमा सन्दीप लामिछानेले क्यानचआउट गराएका थिए।
त्यस्तै सोमपाल कामीले ४.३ ओभरमा ओपनर लिटन दासलाई १० रनको अवस्थामा आसिफ शेखबाट क्याचआउट गराएका थिए। उनले यसअघि अर्का ओपनर तान्जित हसनलाई इनिङको पहिलो बलमै आउट गरेका थिए।
उत्कृष्ट सुरुवात गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका थिए। ऐरीले कप्तान नजमुल होसेइन सान्तोषलाई ४ रनको अबस्थामा बोल्ड गरेका हुन्।
बंगलादेश विरुद्ध टस जितेर पहिले बलिङ सुरु गरेको नेपालले त्यसअघि पहिलो ओभरको पहिलो बलमै विकेट लिएको थियो। बंगलादेशी ओपनर तान्जित हसन सोमपाल कामिले कट एण्ड बोल्ड गर्दै गोल्डेन डकआउट गराएका थिए। अहिले बंगलादेश १३ ओभरको समाप्ती ६९ रन बनाउँदा ७ विकेट गुमाएर खेलिरहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































