नेपाललाई बंगलादेशको १ सय ७ रनको लक्ष्य

नेपाललाई बंगलादेशको १ सय ७ रनको लक्ष्य
+
-

काठमाडौं- टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले जितका लागि १ सय ७ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले बलिङ गरेको नेपालले बंगलादेशका कुनैपनि ब्याटरलाई खुलेर खेल्न दिएन।

नेपाली बलरसामु निरीह देखिएको बंगलादेशको ब्याटिङ इनिङ ४ बल अगाडिनै अलआउट हुँदै १ सय ६ रनमा समेटियो। बंगलादेशका लागि सकिब अल हसनले १७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक महमदुल्लाह र ऋसद होसेइनले समान १३-१३ रन बनाए। थप दोहोरो स्कोरका रुपमा लिटन दासले १० र तस्किन अहमेदको १२ रन रह्यो।

बंगलादेशलाई सस्तैमा पेभिलियन फर्काउने क्रममा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिएका थिए। सन्दीपले बंगलादेश विरुद्ध २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रियमा १ सय विकेट पुरा गरेका छन्। अब नेपाल केही समय पछि जवाफि इनिङ सुरु गर्ने छ।

दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौका रहेको छ। यद्यपि बंगलादेशका लागि भने यो खेल जित्दै अघिल्लोचरण पुग्ने अवसरका रुपमा रहने छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’