काठमाडौं- टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेश सँग २१ रनले पराजित भएको छ। बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो।
टस जितेर पहिले बलिङ गरेको नेपालले बंगलादेशका कुनैपनि ब्याटरलाई खुलेर खेल्न दिएको थिएन्। नेपाली बलरसामु कमजोर रहँदै १ सय ६ रनमा समेटिएको बंगलादेशले कमजोर स्कोर पनि रक्षा गर्यो। बंगलादेशका लागि सकिब अल हसनले १७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक महमदुल्लाह र ऋसद होसेइनले समान १३-१३ रन बनाए। थप दोहोरो स्कोरका रुपमा लिटन दासले १० र तस्किन अहमेदको १२ रन रह्यो।
बंगलादेशलाई सस्तैमा पेभिलियन फर्काउने क्रममा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिएका थिए। सन्दीपले बंगलादेश विरुद्ध २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रियमा १ सय विकेट पुरा गरेका छन्।
१ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल खराब सुरुवातको सिकार हुँदा मध्य क्रमले केही सयम इनिङ समालेपनि जितका लागि पर्याप्त भएन। नेपालका लागि कुशल मल्लले २७ र दिपेन्द्र सिंह ऐरीले २५ रन बनाउनु सर्वाधिक रह्यो। यि दुईबाहेक आसिफ शेखले १७ रन बनाए।
बंगलादेशका लागि तनजिम हसन सकिबले ४ विकेट लिंदा मुस्ताफिजुर रहमानले ३ विकेट लिए। त्यस्तै सकिब अल हसनले २ विकेट लिंदा तस्किन अहमदले १ विकेट लिए।
दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौका भएपनि पुन एकपटक निरास बनेको छ। नेपाललाई हराएको बंगलादेशले सुपर आठमा स्थान बनायो।

भर्खरै
लोकप्रिय






































































































































































































