युरोपियन च्याम्पियनसिप फुटबल अन्तर्गत समूह ‘इ’ मा रोमानियाले विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा रोमानियाले युक्रेनलाई ३-० ले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गरेको हो।
रोमानियाको जितमा कप्तान निकोला स्टान्सिउ, रेजभान मरिन र डेनिस ड्रगुसले समान १-१ गोल गरे। खेलको २९औं मिनेटमा स्टान्सिउको गोलमार्फत रोमानियाले अग्रता लिएको थियो। उनले डेनिस म्यानको पासमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
मरिनले ५३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। चार मिनेटपछि नै ड्रगुसले युक्रेनका लागि तेस्रो गोल गरे। ड्रगुसले पनि म्यानले उपलब्ध गराएको बललाई जालि चुमाउँदै युक्रेनमाथि ३-० को अग्रता दिलाए। त्यसपछिपनि रोमानियाले युक्रेन विरुद्ध दबाब निरन्तर दिएपनि गोल गर्न भने सकेन्।

भर्खरै
लोकप्रिय






































































































































































































