टी-२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर आठ’ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई जितका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
बिहीबार राति जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो।
दक्षिण अफ्रिकाले उच्च स्कोर बनाउने क्रममा ओपनर क्विन्टन डिककले ४० बलमा ७ चौका र ५ छक्काको सहयोगमा ७४ रन बनाए। त्यस्तै कप्तान एइडन माक्रमले ४६ रन बनाउँदा हेनरिच क्लासेनले ३६ रन बनाए। त्यस्तै ट्रिस्टन स्टब्सले २० रन बनाउँदा रिचजा हेन्ड्रिक्सले ११ रन बनाए।
अमेरिकाका लागि शौरभ नेत्रभाल्करले २ विकेट लिंदा हरमिन सिंहको नाममा पनि २ विकेट रह्यो। केही समय पछि अमेरिका जवाफि ब्याटिङका लागि मैदान उत्रिने छ। दुबै टोली ‘सुपर आठ’ को पहिलो खेलमै जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउने प्रयासमा रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































