शुक्रबारदेखि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ प्रदर्शन

शुक्रबारदेखि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ प्रदर्शन
+
-

काठमाडौं- भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ शुक्रवारदेखि प्रदर्शनमा आएकाे छ । गए बुधबार प्रिमियर शाेमा पनि चलचित्र आचार्यले राम्राे प्रतिक्रिया पाएकाे थियाे ।

प्रिमियरमा फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश कलाकारहरु स्वर्गीय भक्तराज आचार्यको जीवन कहानी सम्झेर भावुक भएका थिए । चलचित्र ‘आचार्य’ प्रीमियर शो हेर्नको लागि नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ,राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम, वरिष्ठ संगीतकार शम्भुजित बासकोटा,संगीतकार चेतन सापकोटा ,गायकहरु ओम बिक्रम बिष्ट, यम बराल,नबिन के भट्टराई ,धिरज राई, शिव मुखिया, गायिकाहरु मीरा राणा,आनी छोइङ डोल्मा,निशा देशार ,प्राश्ना शाक्य , कलाकार सुनिल थापा , कवि विप्लव प्रतीक,भुपेन्द्र खड्का लगायतले फिल्मकाे सकारात्मक प्रतिक्रिया दिएका थिए ।

भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्यको अभिनयको तारिफ गरेका थिए । १३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले फिल्मको पुनःप्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिएको छ ।

फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य , अरुणा कार्की ,सुनील पोखरेल देखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत यसमा देख्न सकिन्छ । रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?